मकवानपुरको थाहा नगरपालिकाले प्लास्टिकका माला तथा पुष्प सामग्री बिक्री गर्न रोक लगाएको छ । ८ कार्तिकमा सार्वजनिक सूचना नै निकालेर नगरपालिकाले प्लास्टिकका माला तथा पुष्प सामग्री किनबेचमा प्रतिबन्ध लगाएको हो ।

तिहार तथा छठ पर्वमा प्लास्टिकका माला तथा पुष्प सामाग्री अत्यधिक प्रयोग हुन सक्ने र यस्ता प्लास्टिकजन्य पदार्थको प्रयोग तथा बिसर्जनबाट जनस्वास्थ्य र वातावरणमा पर्ने नकारात्मक असर पर्ने भन्दै थाहा सरकारले प्रयोगमा प्रतिबन्ध लगाएको हो । साथै स्थानीयस्तरमा उत्पादित फूलहरुलाई प्रोत्साहन गर्नको लागि शुभ दिपावली तथा छठ पर्वमा प्लास्टिकका माला तथा पुष्प सामग्री बिक्री वितरण र प्रयोग नगर्न र नगराउन पनि थाहा नगरपालिकाको आह्वान छ ।

पालिकाले सार्वजनिक गरेको सूचना अनुसार–थाहा नगरपालिकालाई सफा शहर बनाउन हरेक व्यक्तिको कर्तव्य रहेको स्मरण गराउँदै आयातित प्लाष्टिकका फूलमाला प्रयोगलाई बन्देज लगाइएको सूचनामा उल्लेख छ । प्लाष्टिकको फुलमालाको प्रयोगपश्चात सार्वजनिक स्थान, सडक, नदिमा फाल्ने जलाउने गर्दा वायू प्रदुषण भई मानव स्वास्थ्यमा समेत असर हुने भएकोले त्यस्ता सामाग्री बिक्री वितरण तथा प्रयोग नगर्न प्रमुख प्रशासकीय अधिकृत कृष्ण गिरीद्वारा जारी सार्वजनिक सूचनामा उल्लेख छ ।

पालिकाले तिहारमा स्थानीयस्तरमा उत्पादित प्राकृतिक फुलको प्रयोग गरी स्वदेशी उत्पादनलाई प्रोत्साहन आग्रह गरिएको छ । नगरपालिकाले जारी गरेको सूचना उल्लंघन भएमा कानुन बमोजिम हुने सूचनामा उल्लेख छ ।

सूचना:

 

पालिका प्रेस
थप जानकारी