पूर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ थाहानगर भित्रने प्रवेशद्वारबाट सम्वृद्धि भित्रने विश्वास गरिएको छ । २४ कार्तिकमा वाइसीएल थाहानगरको दोस्रो नगर अधिवेशन उद्घाटनका लागि प्रचण्ड आउने भएपछि निर्माण गरिएको प्रवेशद्वारबाट सम्वृद्धि पनि भित्रने विश्वास व्यक्ति गरिएको हो ।
थाहा नगरपालिकाको इन्द्रायणीचौरमा हुने सभालाई सम्बोधन गर्न प्रचण्ड आउने भएपछि चित्लाङदेखि नै थुप्रै प्रवेशद्वारहरु निर्माण गरिएको छ । निकै महत्वका साथ हेरिएको प्रचण्डको उपस्थितीले यहाँको विकासमा पहल हुने माओवादी कार्यकर्ताहरुकाने समेत प्रतिक्रिया छ ।
२४ कार्तिकमा हुने वाइसीएल नगर अधिवेशनले नयाँ कार्यसमिति चयन गर्नेछ ।

















































पालिका प्रेस 
















प्रतिक्रिया दिनुहोस्