नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) थाहानगर कमिटीको आयोजनामा राजनैतिक तथा वैचारिक प्रशिक्षण कार्यक्रम भएको छ । पालुङ जेसिज सभाहलमा २५ कार्तिकमा भएको प्रशिक्षण कार्यक्रम नेकपा (माओवादी केन्द्र)की केन्द्रीय सदस्य एवम् बागमती प्रदेश सरकारका पूर्व सामाजिक विकास मन्त्री कुमारी मोक्तानको प्रमुख आतिथ्यतामाभएको थियो ।
कार्यक्रममा बागमती प्रदेश कमिटी अध्यक्ष एवम् बागमती प्रदेशसभा सदस्य सरल सहयात्री पौडेलले माओवादी केन्द्रका कार्यकर्ताले समाजमा पु¥याउन पर्ने योगदान, पार्टीको नीति र अनुशासनको बारेमा प्रशिक्षण दिएका थिए । सहकारी केन्द्र नेपालका केन्द्रीय उपाध्यक्ष बिष्णुहरि ढकालले आयआर्जन तथा व्यवस्थित व्यवशाय विकासका बिषयमा प्रशिक्षण दिएका थिए ।
माओवादी केन्द्र थाहानगर कमिटी अध्यक्ष बिनोद लामाको अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रीय सदस्य एवम् मकवानपुर ईञ्चार्ज बिजय गौतम, केन्द्रीय सदस्य प्रमिला पुलामी, प्रल्हाद लामिछाने, बागमती प्रदेश कमिटी सचिवालय सदस्य विष्णु बहादुर विष्ट, सदस्य, लवशेर विष्ट, ईन्द्रबहादुर श्रेष्ठ, लक्ष्मी माझी, प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य एवम् मकवानपुर इञ्चार्ज ध्रुवराज ढकाल, प्रगतिशिल जनस्वास्थ्यकर्मी महासंघका मकवानपुर अध्यक्ष जयराम रायमाझी लगायतको आतिथ्यता रहेको थियो ।
नेकपा (माओवादी केन्द्र) थाहा नगर कमिटी सचिव लक्ष्मण बिष्टले सञ्चालन गरेको प्रशिक्षणमा पार्टीका थाहानगरका नेता कार्यकर्ताहरुको उल्लेख्य सहभागिता रहेको थियो ।

















































पालिका प्रेस 
















प्रतिक्रिया दिनुहोस्