मकवानपुरको राक्सिराङ गाउँपालिका वडा नम्बर ३ मा वडा अध्यक्ष कप पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । आउँदो २७ मंसिरबाट तीन दिनसम्म खेलकुद विकास समिति राक्सिराङ ३ को आयोजनामा प्रतियोगिता हुन लागेको हो ।

प्रतियोगिता भरेङ जात्राको अवसरमा आयोजना गर्न लागिएको बिरसिं मुक्तानले जानकारी दिए । उनका अनुसार खेल सूर्योदय माविको खेल मैदानमा संचालन हुनेछ ।

प्रतियोगितामा प्रथम हुनेले नगद ५० हजार, शिल्ड मेडल तथा प्रमाणपत्र पुरस्कारको व्यवस्था ग्िरएको छ । द्वितीय हुनेले नगद २५ हजार शिल्ड मेडल तथा प्रमाणपत्र पुरस्कार पाउने नेमा लामाले जानकारी दिए ।

हेर्नुहोस सूचनाः

 

पालिका प्रेस
थप जानकारी