मकवानपुर थाहा नगरपालिकाले पालिका क्षेत्रमा निर्माण हुने संरचनाहरुमा भवन मापदण्डलाई कार्यान्वयन गर्न आग्रह गरेको छ । पालिकाको भवन संहिता मापदण्ड र संघीय सरकारको मापदण्ड कार्यान्वयामा आएसंगै घरनक्सामा थाहा नगरपालिकाले कडाइ गरेकोे हो ।
आवासिय मापदण्डलाई कार्यान्वयन गर्न आग्रह गर्दै थाहा नगरपालिका वडा नम्बर ९ ले २५ मंसिरमा नागरिकहरुलाई सूचित गराएको छ । वडा कार्यालयले सूचना प्रकाशन गर्दै ९ नम्बर वडामा बनेका घरहरु नक्सापास नभएको उल्लेख गर्दै प्रक्रियामा आउन सूचना मार्फत आग्रह गरिएको छ ।
वडा क्षेत्रमा बन्ने घरहरु निर्माण गर्दा वडा कार्यालयसंग समन्वय गरेर मात्र निर्माण गर्न सूचना मार्फत आग्रह गरिएको वडाध्यक्ष राजकुमार बलामीले जानकारी दिए ।


















































पालिका प्रेस 





प्रतिक्रिया दिनुहोस्