मकवानपुर थाहा नगरपालिकामा पल्म्बर टेक्निसियन मिट २०२५ भएको छ । रिजालको कम्पनी र एबी पल्र्स कम्पनीको संयुक्त आयोजना तथा कार्की ब्रदर्स ट्रेड्सको सहकार्यमा १० भाद्रमा गंगा होटल, थानाबजारमा कार्यक्रम भएको हो।
थाहा उद्योग वाणिज्य संघका अध्यक्ष पुरुषोत्तम ढकालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा रिजालको कम्पनीतर्फबाट नेपालका राष्ट्रिय बजार प्रमुख श्रावणकुमार झा, एबी पल्र्सतर्फबाट मो. प्रदीप अधिकारी, एरिया सेल्स म्यानेजर सुरज खनाल र नेशनल सेल्स म्यानेजर अनुप भट्टाको उपस्थिति रहेको थियो। थाहा नगरमा लामो समयदेखि प्लम्बिङ क्षेत्रमा संलग्न २० जनाभन्दा बढी प्राविधिकहरूको सो कायृक्रममा सहभागिता रहेको थियो । कार्यक्रममा सहभागीले कम्पनीका सामग्री तथा त्यसको प्रयोगबारे जानकारी पाएका थिए।

प्रमुख अतिथी ढकालले यस्ता कार्यक्रमले युवा व्यवसायीहरूलाई प्रोत्साहन गर्ने बताउँदै, स्थानीय युवालाई आफ्नै क्षेत्रमा व्यवसायी बन्न सहज वातावरण बनाउन उद्योग वाणिज्य संघ सधैं तयार छ भएको उल्लेख गरे । कार्यक्रममा कार्की ब्रदर्स ट्रेड्सका सञ्चालक अजय कार्कीले सहभागीलाई धन्यवाद ज्ञापन गर्दै कम्पनीतर्फबाट उपलब्ध विभिन्न अफरबारे जानकारी गराएका थिए। सञ्चालक विजय कार्कीले प्रमुख अतिथी तथा कम्पनी प्रतिनिधिलाई मायाको चिनो प्रदान गरेका थिए।

















































पालिका प्रेस 











प्रतिक्रिया दिनुहोस्