हेटौँडा उपमहानगरपालिकाको मूख्य बजार क्षेत्रमा रहेको ४ नम्बर वडालाई सुरक्षित र व्यवस्थित सहरको रूपमा विकास गर्न लागिपरिरहेको वडा अध्यक्ष नवीन सिग्देलले बताएका छन् । मित्र नगर टोल विकास संस्थाको २० औँ साधारणसभाको उद्घाटन गर्दै वडाको सडक, पेटी र ढल सुविधा सम्पन्न बनाउदै हरियाली, सफा, उज्ज्यालो, सुरक्षित र सुन्दर सहरको रूपमा बनाउने कार्य व्यवस्थित र योजनाबद्व रूपमा कार्य भईरहेको बताए ।

उनले लोकतान्त्रिक चौर (हुप्र) प्रदेश राजधानीकै सान भएकोले सफा, सुन्दर, सुरक्षित बनाउने कार्य भईरहेको र पूर्ण रूपमा उज्ज्यालो हुप्रा कार्य केही समयमा नै हुने बताए । हुप्र क्षेत्र वरिपरि व्यवस्थित सडक बनाउने कार्य भईरहेको उनको भनाई रहेको थियो ।

संस्थाको अध्यक्ष सुमित्रा श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा वडा सदस्य गीता त्रिपाठी, टोल विकास नगर समन्वय समितिका महासचिव शिवहरी दाहालको विशेष उपस्थिति रहेको थियो । सभाले सुमित्रा श्रेष्ठको अध्यक्षतामा सर्वसम्बत रूपमा पुनः नयाँ कार्य समिति चयन गरेको छ ।

पालिका प्रेस
थप जानकारी