मकवानपुर प्रहरीले १ सय ७२ किलो अवैध लागूऔषध गाँजासहित गाडी बरामद गरेको छ ।
हेटौँडा उपमहानगरपालिका–२ लोकप्रिय होटलको मोडबाट प्रदेश ३–०१–०२४च ४२७० नम्बरको पिकअप गाडीसहित १७२ किलो ६ सय ग्राम गाँजा प्रहरीले बरामद गरेको हो । प्रहरीलाई देखेपछि गाडी छाडेर चालक भागेका थिए ।
मकवानपुर भीमफेदी गाँउपालिका—२ भैसेस्थित चेकपोइन्ट अगाडि चेकजाँच गर्ने क्रममा आँपचौरबाट भैसेतर्फ आउँदै गरेको उक्त गाडीका चालक प्रहरी देख्ने बितिक्कै भागेको थिए । चालकको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

















































पालिका प्रेस 










प्रतिक्रिया दिनुहोस्