थाहा नगरमा सामाजिक सेवामा क्रियाशील लायन्स क्लव अफ थाहा पिसको वर्ष २०२५/०२६ का लागि ९औँ पदस्थापन कार्यक्रम भएको छ । पदस्थापन कार्यक्रममा अनित विष्ट अध्यक्ष पदमा निर्विरोध चयन भई पदस्थाति भएका हुन् ।

नव–पदस्थापित कार्यसमितिमा प्रथम उपाध्यक्षमा निरज रायमाझी, द्वितीय उपाध्यक्षमा दिपेन्द्र कुमार थिङ, सचिवमा दिपक कार्की, कोषाध्यक्षमा नविना विष्ट, मेम्बरसिप चियरपर्सनमा माधव कार्की तथा एलसिआईएफ को–अर्डिनेटरमा अनन्त ढकाल चयन भएका छन् । सबै पदाधिकारीलाई डिस्ट्रिक्ट गभर्नर धनिराम बरालले पदस्थापन गराए ।

त्यसै कार्यक्रममा लियो क्लव अफ थाहा पिसको पनि ९औँ पदस्थापन कार्यक्रम पनि भएको छ । लियो क्लवको अध्यक्षमा विनिता वाईबा पदस्थापित भइन् । यस्तै प्रथम उपाध्यक्षमा सितल बिष्ट, द्वितीय उपाध्यक्षमा स्मिता विष्ट, सचिवमा बिराज बिष्ट, कोषाध्यक्षमा सृष्टि गोपाली तथा सह–सचिवमा मञ्जरी अधिकारी पदस्थाति भएका छन् । कार्यक्रम लायन्स क्लव थाहाका अध्यक्ष सत्यदेवी स्याङ्तानको अध्यक्षता तथा थाहा नगरपालिकाका उपप्रमुख भरत गोपालीको प्रमुख आतिथ्यतामा भएको हो।

कार्यक्रममा डिस्ट्रिक्ट गभर्नर धनिराम बरालको विशेष आतिथ्यता रहेको थियो। लायन्स क्लव थाहाका संस्थापक अध्यक्ष सुरेन्द्रमान प्रधान, लियो अध्यक्ष शिशिर कुमार खत्री, डिस्ट्रिक्ट गभर्नर प्रथम महिला बिष्णु बराल, लायन्स डिस्ट्रिक्ट ३२५ बि नेपालका महेन्द्र पौडेल, गिरधारी शर्मा भुषाल, बलराम सुवेदी, शिवराज आचार्य, माधव पाण्डे, दिपक आचार्यलगायत लायन्स तथा लियोका पूर्व अध्यक्षहरूको उपस्थिति रहेको थियो।

कार्यक्रमको अवसरमा थाहा नगरपालिका भित्र विभिन्न क्षेत्रमा योगदान पु¥याउने व्यक्तित्व तथा संस्थालाई ‘लायन्स वर्ष सम्मान’ प्रदान गरिएको छ । सम्मानित हुनेमा स्वास्थ्य तर्फ थाहा–१० की महिला स्वास्थ्य स्वयंसेविका श्यामा बस्नेत र पालुङ प्राथमिक स्वास्थ्य केन्द्रका चिकित्सक समाज गोपाली, कृषि तर्फ थाहा–२ का उमेश श्रेष्ठ र थाहा–६ का कृष्ण महर्जन, खेलकुद तर्फ थाहा–५ का कराते प्रशिक्षक तथा रेफ्री मानसिं दोङ र थाहा–२ का भलिबल रेफ्री शंकर कार्की, पर्यटन व्यवसाय तर्फ थाहा–४ दामनका सुरथ अधिकारी र थाहा–९ का विजय बस्नेत, कला तर्फ थाहा–१ का विजयश्याम अमात्य, तथा सांस्कृतिक सम्मान अन्तर्गत ऋषेश्वर महिला खैजडी भजन समूह (थाहा–४) र थाहा खैजडी भजन महिला समूह रहेका छन् ।

पालिका प्रेस
थप जानकारी