धादिङका स्थानीय तहहरूले संविधानमा भएको एकल अधिकार निर्बाध रुपमा प्रयोग गर्ने सुनिश्चितताका लागि सरकारको ध्यानाकर्षण गराएका छन् । धादिङका १३ वटै स्थानीय तहका प्रमुख/अध्यक्ष एवं उपप्रमुख/उपाध्यक्षहरूको बिहीबार बसेको बैठकले संघीयताको मर्म अनुसार तीनै तहका सरकारहरूबीच पारस्परिक सम्मान, विश्वास, सहकार्य र समन्यवलाई सुदृढ गर्दै अघि बढ्न ध्यानाकर्षण गराउने निर्णय पनि गरेको छ ।
उक्त कार्यप्रति धादिङका स्थानीय तहका जनप्रतिनिधिहरूले आपत्ति जनाएका हुन् । आशिकाले यही ३ चैतमा चलानी नम्र २८५० मार्फत धादिङका पालिकाहरूलाई पत्र प्रेषित गरेको जारी विज्ञप्तिमा उल्लेख छ ।
‘प्रेषित पत्रलाई स्थानीय सरकारको संवैधानिक अधिकारहरू कुण्ठित गरी प्रशासनमार्फत अंकुश लगाउने प्रयासका रुपमा लिँदै स्थानीय सरकारको अधिकार क्षेत्रमा सुरु भएको सांकेतिक हस्तक्षेपको कडा प्रतिवाद गर्ने निर्णय आजको बैठकले गरेको छ,’ स्थानीय तहका जनप्रतिनिधिले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।


















































पालिका प्रेस 









प्रतिक्रिया दिनुहोस्