बृहत् पाशुपत पदयात्राअन्तर्गत पदयात्रीहरु मकवानपुरको थाहा नगरपालिका भित्रिएका छन् । १६ चैतबाट सुरु भएको सिद्धलिङ्ग परिक्रमा क्रममा विभिन्न सिद्धलिङ्गको दर्शन तथा विशेष पूजा गरी ७ वैशाखमा थाहा नगरपालिकाको चित्लाङ स्थित खर्कबाट थाहानगर प्रवेश गरेका हुन् ।

६४ सिद्धलिङ्गको विशेष पूजा–आराधनाको लक्ष्यसहित दर्जनौँ साधुसन्त, साधक तथा तीर्थयात्री सहभागी उक्त पदयात्राीहरुले थाहानगरको चम्पेश्वर, नन्दीकेश्वर, गौखुरेश्वर, पाण्डुकेश्वर र कुटेश्वरमा पुजाआजा गर्ने कार्यक्रम छ । सो क्रममा शिवलिङ्गको माहात्म्य तथा आध्यात्मिक प्रवचनसमेत हुने कार्यक्रम छ ।

७ वैशाखमा चित्लाङको खर्कबाट प्रवेश गरेका पैदलयात्रीलाई चित्लाङ स्थित विसिंङ्खेलको चम्पाकेश्वर मन्दिरमा स्वागत गर्ने कार्यक्रम छ । स्थानीय नेवारी बाजागाजासहित क्षेत्र विकास समितिका पदाअधिकारी जनप्रतिथिधीहरु र स्थानीयले स्वागत गर्ने कार्यक्रम तय भएको छ । चम्पाकेश्वर मन्दिरको पुजा पश्चात् बज्रवारही स्थित नन्दीकेश्वर आइपुग्ने कार्यक्रम छ । त्यहाँपनि स्थानीय जनप्रतिनीधिसहित स्थानीय र मन्दिर संरक्षण समितिले स्वागत गर्ने कार्यक्रम छ । त्यस दिन तिर्थयात्रीहरु मन्दिर परिसरमै बस्ने कार्यक्रम छ ।

त्यस्तै १० वैशाख विहान गौखुरेश्वर दर्शन तथा पुजाआजा गरेर पाण्डुकेश्वरका लागि यात्रा तय गर्ने कार्यक्रम छ । गौखुरेश्वरमा पनि स्थानीय बाजागाजासहित स्वागत तथा सम्मानको कार्यक्रम तय भएको छ । पाण्डुकेश्वरका लागि हिँडेका पैदल यात्रीहरुलाई थाहानगरको ओखर बजारमा विहान ११ बजे बाजागाजासहित स्वागत गर्ने कार्यक्रम छ । टोली १० वैशाख साँझ पाण्डुकेश्वरमै पुजाआजासहित बास बस्ने कार्यक्रम छ ।

बृहत् पाशुपत पदयात्राअन्तर्गतका पदयात्रीहरुलाई गरिने स्वागत तथा सम्मान कार्यक्रममा उपस्थितीको लागि थाहा नगरपालिकाले अनुरोध गरेको छ । यस किसिमको कार्यक्रमले धार्मिक पर्यटनमा समेत टेवा पुग्ने नगरपालिकाले अपेक्षा राखेको छ ।

पदयात्राले पाशुपत क्षेत्रको संरक्षण, धार्मिक–आध्यात्मिक समन्वय प्रवद्र्धन, प्रदूषण नियन्त्रणका लागि सचेतना र मठ–मन्दिर व्यवस्थापनमा सरोकारवालासँग संवाद गर्ने उद्देश्य राखेको छ । साथै, वाग्मती परिक्रमा, पशुपति संवाद लगायतका कार्यक्रमसमेत सञ्चालन गरिने जनाइएको छ ।

पालिका प्रेस
थप जानकारी