वैदेशिक रोजगारीबाट फर्किएकाहरुको संस्था सिटर्नी फेडेरेसन नेपाल मकवानपुरको प्रथम भेला हेटौंडामा सम्पन्न भएको छ । रोजगारीको शिलाशिलामा बिश्वका बिभिन्न मुलुक गएर हाल नेपालमै रहेर स्वरोजगार बनेका युवाहरुको संस्था रिटर्नी फेडेरेसनको मकवानपुर जिल्ला स्तरीय भेला भएको हो ।
वैदेशिक रोजगारीबाट फर्केकाहरुको ज्ञान, सिप, पुँजी र जाँगरको सदुपयोग गर्दै समृद्ध नेपाल निर्माणमा योगदान पु¥याउने उदेश्यका साथ २०७४ सालमा स्थापना भएको उक्त संस्थाको हाल ५० जिल्लामा कमिटी गठन भईसकेको छ । नेपाल कम्युनिष्ट पार्टी एमाले निकट रहेको उक्त संस्थामा हालसम्म ५० जिल्लाका ५० हजार भन्दा बढी स्वरोगरा युवाहरु आवद्ध रहेका छन् । विदेशमा प्राप्त सिप र ज्ञानलाई स्वदेशमा बिस्तार गर्ने र उद्यमशिलता विकास गर्ने उदेश्यका साथ संस्थाको स्थापना भएको बताईएको छ ।
एमाले केन्द्रीय सदस्य तथा मकवानपुर इन्चार्ज रामेश्वर रानाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा रिटर्नी फेडेरेसनका केन्द्रीय उपाध्यक्ष उत्तम अधिकारी, संबिधान सभाका सदस्य अनन्त पौडेल, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाल, एमाले मकवानपुरका अध्यक्ष एकालाल श्रेष्ठ, सचिब नविन सिग्देल, रिटर्नीका बागमती प्रदेश इन्चार्ज शालिकराम बस्याल, महासचिब लक्ष्मी प्रसाद आचार्य, उपमहासचिब काजी बहादुर थापा, एमाले हेटौंडा नगरकमिटी अध्यक्ष शालिकराम पुडासैनी, अनेमसंघ मकवानपुरका अध्यक्ष सुमित्रा काफ्ले लगायतकाको आतिथ्यता रहेको थियो ।

















































पालिका प्रेस 












प्रतिक्रिया दिनुहोस्