मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२, कुलेखानीमा नेपाल स्काउटको स्थानीय कार्यालय उद्घाटन भएको छ । सोमबार गाउँपालिकाका अध्यक्ष देवकृष्ण पुडासैनी र उपाध्यक्ष उमा कुमारी लामाले स्काउट कार्यालयको उद्घाटन गरेका हुन् । यसअघि स्काउटका गतिविधिहरू गाउँपालिकाकै प्रशासनिक भवनबाट सञ्चालन हुँदै आएकोमा अबदेखि छुट्टैकार्यालयबाट सेवा प्रवाह हुनेछ ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र लामाका अनुसार तत्कालका लागि कुलेखानीमा मासिक ८ हजार रुपैयाँ भाडा तिर्ने गरी ३ कोठाको घर एक वर्षका लागि भाडामा लिइएको छ । स्काउटको आफ्नै कार्यालय सञ्चालनका लागि गाउँपालिकाले कुलेखानीमै भवन निर्माण गरिरहेको समेत उहाँले जानकारी दिए । इन्द्रसरोवर गाउँपालिकाले पछिल्लोएक वर्षदेखि पालिकाभित्रका विद्यालयहरूमा स्काउट कार्यक्रमलाई प्राथमिकताका साथ सञ्चालन गर्दै आएको छ ।
हाल गाउँपालिकाका ६ वटा माध्यमिक विद्यालय र एउटा निम्न माध्यमिक विद्यालयमा स्काउटका कार्यक्रमहरू सञ्चालित छन् । यी कार्यक्रमहरूमा कक्षा ८, ९ र १० का विद्यार्थीहरूको सहभागिता रहेको छ । यसैबीच, स्काउटमा आबद्ध भएका विद्यार्थीहरूका लागि गाउँपालिकाले बिहीबार दीक्षान्त समारोह आयोजना गर्न लागेको प्रमुख प्रशासकीय अधिकृत लामाले जानकारी दिए ।


















































पालिका प्रेस 









प्रतिक्रिया दिनुहोस्