थाहानगरको पालुङ बहुउद्देश्यीय सहकारी संस्थाको सभाहलमा सहकारी ऐन, नियम मापदण्ड र अनुगमन सम्बन्धि अन्तरक्रिया कार्यक्रम भएको छ । बागमती प्रदेश भुमी, व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालयको आयोजनामा कार्यक्रम भएको हो ।

जिल्ला सहकारी संघका कोषाध्यक्ष बिमल कुमार ढकालको अध्यक्षतामा भएको कार्यक्रममा थाहा नगरभित्रका सहकारी संस्थाहरुको सहभागीता रहेको थियो । अन्तरक्रिया कार्यक्रममा बागमती प्रदेशमा सहकारी अनुगमनः अबको बाटो विषयमा मन्त्रालयका रजिस्ट्रार नारायण प्रसाद ज्ञावलीले प्रस्तुतीकरण गरेका थिए । ज्ञावलीले प्रस्तुतिकरणमा सहकारीका नियमक निकायलाई अंशबण्डा गरेर, तिनथरी ऐन बन्दा समस्या परेको बताउदै तिनैतहका ऐनलाई परिमार्जन गरि एकरूपता ल्याउन पहल भैरहेको बताउदै सरोकारवाला संगको राय सल्लाह, प्रतिक्रिया लियर र सम्बन्धित निकायहरु संग समन्वय गरेर अगाडि बढ्ने बताए ।

कार्यक्रमका अध्यक्ष तथा जिल्ला सहकारी संघका कोषाध्यक्ष बिमल कुमार ढकालले सहकारीहरुलाई नियमन निकायले भन्दा सहकारीमा आबद्ध सदस्यहरुबाट नै नियमित अनुगमन गर्नुपर्नेमा जोड दिदै मन्त्रालय मातहतका निकायबाट यस्ता कार्यक्रमहरु थाहानगरमा बेला बेला आइरहे सहज हुने बताए । उनले उत्पादन र आम्दानीको सहकारीले गतिविधि गर्न नसक्दा अप्ठ्यारो स्थिती आउने भन्दै सहकारी मार्फत आम जनतालाई व्यवसायिकीकरण गर्दै उत्पादनमा लगाउनु आजको आवश्यकता रहेको औल्याए ।

कार्यक्रममा मुख्य मन्त्री कार्यालयका योजना अधिकृत रोहित पोखरेल, भुमी व्यवस्था मन्त्रालयका अधिकृत लिलानाथ मिश्र, हरी प्रसाद भट्ट, भुमी व्यवस्था मन्त्रीका स्वकीय सचिव प्रेमनिधी पौडेल, पालुङ बहुउद्देश्यीय सहकारीका अध्यक्ष पुरुर्षोत्तम कार्की तथा थाहानगरमा रहेका सहकारी संस्थाका संचालक तथा कर्मचारीहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको व्यवस्थापन पालुङ बहुउद्देश्यीय सहकारी संस्थाले व्यवस्थापन गरेको हो ।

पालिका प्रेस
थप जानकारी