मकवानपुरको थाहा नगरपालिकामा रहेको पालुङ बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले २३ औ स्थापना दिवस मनाएको छ ।

संस्थाले ९ पुसमा एक कार्यक्रमको आयोजना गरी दिवस बनाएको हो । थाहा नगरपालिकाका प्रमुख लवशेर विष्टको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा नगरका उपप्रमुख खड्गबहादुर गोपाली, सस्थाका संस्थापक अध्यक्ष विष्णुहरी ढकाल र निवर्तमान अध्यक्ष विमल कुमार ढकालको विश्ेष आतिथ्यता रहेको थियो ।

कार्यक्रमका प्रमुख अतिथी तथा थाहा नगर प्रमुख लवशेर विष्टले नगर सधै सहकारीहरुसङ सहकार्य गरेर अगाडि बढ्ने बताउदै नगरको कृषि र पर्यटन विकासमा सधै हातेमालो गरेर अगाडि जाने बताए । उनले रासायनिक मल आयातमा सहजीकरण गर्न नगर तयार रहेको बताए । यसका लागि आबश्यक पर्ने कानुन नीति योजना परिमार्जन गर्दै अगाडि जाने विष्टको भनाइ थियो । स्थापना दिवसकै अवसरमा सस्थाका २० जना जेष्ठ सदस्यहरुलाइ ब्ल्याङ्केट, हर्लिक्स दोसल्ला सहित सम्मान गरिएको थियो । त्यसैगरी यस वर्ष सुत्केरी हुने संस्थाका महिला सदस्यहरुलाई न्यानो झोला र एक सन्तानपछि स्थायी बन्ध्याकरण गर्ने सस्थाका सदस्य दम्पती सुवास गोपाली र बिनाकुमारी गोपालिलाई आदर्श दम्पतीको रुपमा सम्मान गरिएको छ ।

त्यसैगरी सस्थामा आबद्ध सदस्यहरुका सन्तान एमबिबीएस अध्ययन गरि डाक्टर भएका ४ जना थाहा ४ का डा रिकेश कार्की, थाहा ३ का गगन कार्की, पबन कार्की र अनुप अधिकारीलाई प्रसङ्गसापत्र सहित सहकारीले सम्मान गरेको थियो । ९ पुसमै भएको उक्त कार्यक्रममा ४३ जनाले रक्तदान गरेको सस्थाका सह ब्यबस्थापक राम प्रसाद ढकालले जानकारी दिए ।

कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी मकवानपुरका मन्त्री पिताम्बर बास्तोला,रक्तसञ्चार मकवानपुरका कार्यालय प्रमुख लक्ष्मण भट्टराई रक्तसञ्चारका केन्द्र प्रमुख टंक दाहाल,नेपाली काङ्ग्रेस थाहानगर सभापति प्रमोदकृष्ण जोशी ,माओवादी केन्द्र थाहानगर इन्चार्ज लक्ष्मण बिष्ट, जनकल्याण माविका प्रधानाध्यापक सानोभाइ कार्की, इप्रका पालुङका प्रमुख श्रीराम तिमिल्सिना ,थाहा नगरपालिका वडा न ३ का अध्यक्ष राजेश केसी,५ का अध्यक्ष विष्णु बहादुर गुरुङ, २ का अध्यक्ष गुप्त बहादुर कार्कीलगायतकाको आतिथ्यता रहेको थियो ।

पालिका प्रेस
थप जानकारी