विश्व पर्यटन दिवसको अवसर पारेर पालुङ जेसिजले थाहानगरको पर्यटकीय क्षेत्र सिमभन्ज्याङमा पर्यटकीय सूचना बोर्ड स्थापना गरेको छ । पालुङ जेसिजले सेप्टेम्बर २७ मा एक कार्यक्रमको आयोजना गरी थाहा नगरपालिका क्षेत्रमा रहेका मुख्य धार्मिक तथा पर्यटक क्षेत्रको फोटो अंकित सुचना बोर्ड २४ सय ८८ मिटरको उचाईमा रहेको सिमभनज्याङमा स्थापना गरेको हो ।

पालुङ जेसिज बर्ष २०२२ को अध्यक्ष जयराम खत्रीको उपस्तिथि तथा जेसिज बर्ष २०२२ का पर्यटन शाखा संयोजक रविन खत्रीको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा जेसिज बर्ष २०२० का अध्यक्ष तथा २०२२ का शाखा निर्देशक मनोज रायमाझीको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा प्रमुख अतिथी रायमाझीले नगरको मुल नारा नै पर्यटन भएपनि विश्व पर्यटन दिवसको अवसरमा थाहा नगरपालिकाले कुनै औपचारिक कार्यक्रम नराखेकोमा दुःख व्यक्त गर्दै थाहा नगरको समृद्धिको आधार पर्यटन भन्ने नारा, नारामा मात्र सिमित नराख्न नगरका नेतृत्वलाई पालुङ जेसिजको यस्तो खाले कार्यक्रमले झकझकाउने विश्वास व्यक्त गरे ।

कार्यक्रमको अवसरमा पालुङ जेसिजका महासचिव निरज रायमाझी लगायत विक्रम गोपाली, अनिता बिष्ट, अन्जय प्रधान, संगम कार्की, विस्मिता गोपाली, दिपा बल, मानसिं दोङ, संजय गोपालीको उपस्थित रहेको थियो । थाहा नगरपालिकाको प्रत्येक सिमानामा पर्यटन सूचना बोर्ड राखी नगरको पर्यटकिय क्षेत्रको प्रचारप्रसार गर्ने गरि तयारी भैरहेको महासचिव निरज रायमाझीले बताए ।

पालिका प्रेस
थप जानकारी