मकवानपुरको इन्द्रसरोवर गाउँपालिका वडा नम्बर ५ पाटीचौरमा रहेको मितेरी बचत तथा ऋण सहकारी संस्थाले १२ करोड ३४ लाख ६३ हजार ६८५ रुपैयाँको वार्षिक कारोबार गरेको छ । सहकारीको १६ औं वार्षिक साधारणसभा २९ असोजमा गर्दै आर्थिक वर्ष २०७८÷०७९ को वार्षिक आर्थिक तथा सामाजिक प्रगति प्रतिवेदनहरु पेश गरिएको थियो ।
संस्थाका अध्यक्ष धनराज महर्जनको सभाध्यक्षता तथा इन्द्रसरोवर गाउँपालिका अध्यक्ष देवकृष्ण पुडासैनीको प्रमुख आतिथ्यतामा सभा गरिएको थियो । सहकारीमा एक करोड १९ लाख ५९ हजार आठ सय शेयर पुजीँ रहेको छ । सहकारीले आफ्ना शेयर सदस्यलाई ९ करोड ६० लाख २३ हजार २२८ रुपैयाँ कर्जा लगानी गरेको छ भने ९ करोड १२ लाख ५४ हजार ९५२ बचत निक्षेप रहेको संस्थाका व्यवस्थापक सरोज थापामगरले बताए । सहकारीको जगेडा कोष भने एक करोड ४७ लाख ५२ हजार ४५४ रहेको छ ।
सभाको अवसर पारेर उत्कृष्ट बचतकर्ता कविता लामा, उत्कृष्ट बाल बचतकर्ता अयोस थिङ, असल ऋणीतर्फ सरस्वती नगरकोटी, उत्कृष्ट शेयर खरिद कर्ता संगीता दोङ, उत्कृष्ट बचत समूह साना किसान बचत समूह र जेष्ठ शेयर सदस्यतर्फ मायादेवी कार्कीलाई सम्मान गरिएको थियो ।
सभामा पालिका निवर्तमान अध्यक्ष जीवन लामा, पालिका उपाध्यक्ष उमा लामा, वडा नम्बर ५ का अध्यक्ष दुतराज तितुङ, वडा ४ का अध्यक्ष चन्द्रकुमार बल, जिल्ला बचत संघका लेखा संयोजक सुलोचना स्याङ्तान, कार्यपालिका सदस्य रामकृष्ण कामी, सावित्री सुनार, संस्थाका निवर्तमान अध्यक्ष शान्तलाल लामा, पुर्व अध्यक्ष मधुकर कार्की लगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको आतिथ्यता रहेको थियो ।


















































पालिका प्रेस 





प्रतिक्रिया दिनुहोस्