मकवानपुर इन्द्रसरोवर गाउँपालिका वडा नम्बर १ मा रहेको सृजना महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २३ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । मार्खुमा सम्पन्न साधारणसभा इन्द्रसरोवर गाउँपालिका अध्यक्ष देवकृष्ण पुडासैनीको प्रमुख आतिथ्यमा भएको होे ।

सभामा सहकारी संस्थाकी अध्यक्ष बिमला श्रेष्ठले सभासमक्ष पेश गरेको अध्यक्षको प्रतिवेदन, सचिव सानुमैयाँ लामाको प्रतिवेदन तथा कोषाध्यक्ष विष्णुमायाँ तामाङको प्रतिवेदन पारित भएको छ । १ हजार ७६ सदस्य रहेको सहकारीले आर्थिक वर्ष २०७८/०७९ मा अघिल्लो वर्षको तुलनामा ४.९ प्रतिशत सदस्य वृद्धि गरेको छ । ९ करोड १९ लाख ७६ हजार ३८९ रुपियाँ कारोबार गरेको सहकारीले ३७ लाख ५३ हजार ४७३ रुपियाँ नाफा गरेको छ । सहकारीले अघिल्लो वर्ष २२ लाख ८० हजार ६२ रुपियाँ मात्र नाफा गरेको थियो । संस्थाले ११ किसीमको बचत कार्यक्रम संचालन गर्दै आइरहेकोमा शेयरहरुलाई विभिन्न शीर्षकमा राहत वितरण गर्दे आएको छ । सहकारीले आर्थिक वर्ष २०७८/०७९ मा मृत्यू भएका ७ जना सदस्यहरुलाई राहत दिएको छ भने हकवाला मृत्यू भएका ८ जना र सुत्केरी भएका २० जना सहकारीका सदस्यहरुलाई राहत वितरण गरेको वार्षिक प्रतिवेदनमा उल्लेख गरिएको छ ।

संस्थाले साधारण सभाको अवसरमा उत्कृष्ट बचतकर्ताहरुमा सोमलक्ष्मी पाख्रिन, कृष्णमायाँ प्रधान नगरकोटी, मुना विष्ट र बाटुली छुमीलाई सम्मान गरेको छ । ज्येष्ठ नागरिक सदस्यहरुमा माइली तामाङ, उर्मिला विष्ट, लवयी बलामी, केशरी मायाँ थापा मगरलाई थर्मस उपहारसहित सम्मान गरिएको छ भने तथा शाररिक अशक्तहरुलाई सहायक सामाग्री वितरण गरिएको थियो । मिना गोले, कन्चन बलामी, लक्ष्मी कुवँर र सानमिायाँ थापालाई नगद १ हजार ५ सय सहित सम्मान गरिएको हो । सो अवसरमा कर्मचारीतर्फ बचत सहायक विमला शाही ठकुरी र ऋण सहायक लक्ष्मी योन्जन लामालाई सम्मान गरिएको छ ।

संस्थाले उत्कृष्ट कारोबार सदस्य सम्मान, ज्येष्ठ नागरिक सम्मान, रेमिट्यान्स कार्यक्रम बीमा कार्यक्रम संचालन गरिरहेको छ । कृषक समूह तथा कृषि फर्म दर्ता गरी कृषि पेशामा लागेका सदस्यहरुका लागि गाउँपालिकासंगको साँझेदारीमा इन्द्रसरोवर गाउँपालिकाबाट ७० प्रतिशत व्याज अनुदान कार्यक्रमकलाई निरन्तरता दिएको छ । यसका लागि सहकारीले १० लाखसम्म ऋण लगानी गर्दै आएको छ ।

जिल्ला बचत तथा ऋण सहकारी संस्था संचालक सदस्य फणिन्द्रनाथ सुवेदी तथा इन्द्रसरोवर गाउँपालिका १ नम्बर वडाध्यक्ष सुवास थापाको विशेष आतिथ्यमा भएको कार्यक्रममा सव इन्जिनियर रुद्रप्रसाद न्यौपाने, पूर्व वडाध्यक्ष जमानसिं वाइवा, इन्द्रसरोवर युवाक्लबका अध्यक्ष मणिराज थापा, राजु बस्नेत, लगायतकाको आतिथ्यता रहेको थियो । कार्यक्रम सहकारी संस्थाकी अध्यक्ष विमला श्रेष्ठको सभाध्यक्षतामा भएको थियो । कार्यक्रममा शेयर सदस्य, स्थानस्य संघस.सथाका प्रतिनीधिहरुलगायतको उल्लेख्य सहभागिता रहेको थियो । कार्यक्रमका अतिथीहरुलाई मायाँको चिनो पनि प्रदान गरिएको थियो ।


















































पालिका प्रेस 





प्रतिक्रिया दिनुहोस्