मकवानपुरको बकैया गाउँपालिका आर्थिक विकास शाखाको आयोजनामा किसान सूचीकरण सफ्टवेयर संचालन सम्बन्धी अभिमुखीकरण कार्यक्रम भएको छ । पालिकाले आयोजना गरेको तालिम १५ र १६ पौष दुईदिन संचालन भएको थियो ।
तालिममा गाउँपालिकाबाट छनौट भएका सहजकर्ता (गणक) र कृषि तथा पशु तर्फका प्राविधिकहरुको सहभागीता रहेको थियो । बकैया गाउँपालिका आर्थिक विकास शाखाका प्रमुख शिवराज पौडेलको सभाध्यक्षता एवम् वडा नम्बर ४ का वडाध्यक्ष राजन दंगालको प्रमुख आतिथ्यतामा तालिम भएको थियो । तालिमका क्रममा सहभागीहरुलाई मकवानपुरगढी गाउँपालिकाका कृषि विकास अधिकृत तथा किसान सूचीकरण सफ्टवेयर प्रशिक्षक चन्द्रकान्त चौधरीले सहजीकरण गरेका थिए । तालिमका सहभागीहरुले किसानको घरघरमा किसान सूचीकरणको प्रयोगात्मक अभ्यास समेत गरेका थिए ।
बकैया गाउँपालिकामा वडा नम्बर ४ बाट किसान सूचीकरणको कार्य शुरुवात शुभारम्भ गरिने पशु विकास अधिकृत (छैठौ) अशोक कुमार सिंहले जानकारी दिए । पालिकाको निर्णयानुसार उक्त वडाबाट कार्यक्रम शुभारम्भ गरिने सिहको भनाइ छ ।

















































पालिका प्रेस 












प्रतिक्रिया दिनुहोस्