मकवानपुरको पर्यटकीय नगर थाहा नगरपालिकाको ‘तारेभिर’ अर्को पर्यटकीय गन्तव्यको रुपमा विकास हुँदै गएको छ । थाहा नगरपालिका वडा नम्बर ४ र भिमफेदी गाउँपालिकाको सिमानामा पर्ने तारेभिर सुर्यास्तको अवलोकन गर्न पर्यटकहरु आकर्षित भएका छन् ।

थाहा नगरपालिकाको सिमभनज्याङ तथा भिमफेदी गाउँपालिकाको मैत्री बगैचा नजिकैको मोडबाट करिब २०/२५ मिनेटको पैदल यात्रामा पुगिने तारेभिर दुइ पालिकाको साझा पर्यटकीय प्वाइन्टको रुपमा विकास हुँदै गएको छ । नजिकै ऋषेश्वर मन्दिरबाट पनि ट्रेकिङ गरी पुग्न सकिने तारेभिर आन्तरिक तथा बाह्यि पर्यटकहरुका लागि असली गन्तव्य हुने पर्यटन व्यवसायीहर बताउँछन् ।

तारेभिरबाट उत्तरतिर दन्त लहर झै ‘हिमालय रेन्च’ र पश्चिममा सुर्यास्तको दृश्य एकै स्थानबाट देखन सकिन्छ । ऋषेश्वर सामुदायिक वन क्षेत्रमा पर्ने उक्त पर्यटकीय प्वाइन्ट हरियाली र प्राकृतिक सौन्दर्यताले समेत भरिपूर्ण छ ।

हेर्नुहोस् सुर्यास्तको दृश्यः

 

गणेश विष्ट
थप जानकारी