मकवानपुरगढी जेसीज कप फुट्सल प्रतियोगिताको उपाधि सौराह जेसीजले जितेको छ ।
शनिबार मकवानपुरगढी गाउँपालिकामा भएको फाइनल खेलमा आयोजक मकवानपुरगढी जेसीज (प्रस्तावित)लाई ७–२ गोल अन्तरले हराउँदै सौराहले उपाधि जितेको हो । सौराहले उपाधिसहित नगद एक लाख रुपैयाँ प्राप्त गरेको छ । उपविजेता बनेको आयोजक मकवानपुरगढीले ५० हजार रुपैयाँमै चित्त बुझाएको छ ।
सौराहको जितमा असिम भट्टराईले ४ र शिखर लम्सालले ३ गोल गरेका थिए भने मकवानपुरगढीका विवश थिङले २ गोल फर्काएका थिए ।



















































पालिका प्रेस 






प्रतिक्रिया दिनुहोस्