आगामी १४ मंसिरबाट हुने चौंथो थाहा महोत्सवमा थाहा आइडल प्रतियोगिता आयोजना हुने भएको छ । यसअन्तर्गत एकल नृत्य प्रतियोगिता सञ्चालन गरिने आयोजक थाहानगर उद्योग वाणिज्य संघका महासचिव जर्म श्रेष्ठले जानकारी दिए ।

प्रतियोगितामा सहभागी हुन इच्छुक व्यक्तिहरुले महोत्सवको सचिवालयमा पुगेर फाराम भर्नुपर्ने आयोजकले जानकारी दिएको छ । सचिवालय शिखरकोटस्थित थाहानगर उद्योग वाणिज्य संघको भवनमा रहेको छ । आइडलको उपाधि जित्नेले रु. ३० हजार नगद पुरस्कार प्राप्त गर्नेछ । यसैगरी द्वितीय र तृतीय पुरस्कार क्रमशः रु. २० हजार र १० हजार रहेको छ ।

आइडलको विस्तृत जानकारीका लागि कार्यक्रम संयोजक यादवजंग रायमाझीसँग सम्पर्क गर्न सकिने आयोजकले जानकारी दिएको छ ।

पालिका प्रेस
थप जानकारी