नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) थाहानगर कमिटिले २४ कार्तिकमा थाहानगरको इन्द्रायणी चौरमा सम्पन्न विशाल जनसभा भव्यताको साथ सम्पन्न गर्न सहयोग गर्नेहरुप्रति आभार व्यक्त गरेको छ । माओवादी केन्द्र थाहानगरले २५ कार्तिकमा एक विज्ञप्ती जारी गर्दै माओवादीको सहायक संगठन योङ कम्युनिष्ट लिग (वाइसिएल) नेपाल थाहानगर कमिटीको दोश्रो अधिवेशनको अवसरमा आयोजित विशाल जनसभा भव्य रुपमा सम्पन्न भएको जनाएको छ ।

थाहानगर अध्यक्ष बिनोद लामाद्वारा जारी विज्ञप्तीमा भनिएको छ–‘जनसभामा आम जनसमुदायको उल्लेखनीय सहभागिताले हाम्रो पार्टीले अंगिकार गरेको सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिको निम्ति भ्रष्टाचार विरुद्धको अभियानमा जनताको पूर्ण समर्थन रहेको पुष्टि गरेको छ ।’ जनसभामा उपस्थित प्रमुख अतिथी माओवादी अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, उपाध्यक्ष तथा पूर्व सभामुख अग्नी सापकोटा एवम केन्द्रीय कमिटीको अन्य सदस्यहरु, वाइसिएल नेपाल केन्द्रीय कमिटीको ईन्चार्ज, अध्यक्ष, सदस्यहरु, माओवादी बागमती प्रदेश कमिटीको पदाधिकारी, सदस्यहरु वाइसिएल नेपाल बागमती प्रदेश कमिटीको पदाधिकारी, सदस्यहरु, निर्वाचित जनप्रतिनिधीहरु, जिल्ला समन्वय समितीको संयोजक, सचिब, सदस्यहरुप्रति थाहानगर कमिटले विज्ञप्ती मार्फत आभार व्यक्त गरेको छ ।

त्यसैगरी जनसभा सफल पार्न अहोरात्र खटिने थाहानगर कमिटीको ईन्चार्जलगायत नगर कमिटीको पदाअधिकारी तथा सबै सदस्यहरु, विभिन्न जनवर्गिय संगठन, मोर्चा, पेशागत संघ, महासंघको नेतृत्वपंक्ति, पार्टी वडा कमिटीका सदस्यहरु, कलाकारहरु, सुुरक्षाकर्मीहरु, पत्रकारहरु तथा विशेषगरी जनसभामा उपस्थित सम्पुर्ण जन समुदायहरुप्रति माओवादीले आभार व्यक्त गरेको छ ।

नेकपा माओवादी केन्द्रले पार्टीमा आवद्ध बाहेक अन्य सम्पूर्णलाई इङ्कित गर्दै, जनसभा सम्पन्न गर्न नैतिक, भौतिक, आर्थिक लगायत हरतरहले सकरात्मक भावनाकोसाथ सहयोग गर्नेेहरुप्रति समेत जारी गरिएको विज्ञप्ती मार्फत आभार व्यक्त गरेको छ ।

विज्ञप्ती:

पालिका प्रेस
थप जानकारी