मकवानपुरको थाहानगरमा जनता समाजवादी पार्टी (जसपा )नेपालको ४ महिने संगठन विस्तार तथा सुदृढीकरण अभियान सुरु भएको छ । अभियान अन्तरगत जसपा नेपाल मकवानपुरले गरेको निर्णय अनुसार २५ कार्तिकमा थाहानगरस्तरीय बैठक सम्पन्न भएको छ । बैठकले आगामी मंसिर २० गते थाहानगर समिति घोषणा गर्ने निर्णय गरेको छ ।
जसपा मकवानपुरले थाहा नगरपालिकाको ४ महिने संगठन बिस्तार तथा सुदृढीकरण अभियानको अभियान्ताको रुपामा जिल्ला सचिव दिपक सिन्तानलाई तोकेको छ । अभियान्ता सिन्तानको अध्यक्षतामा थाहानगरमा बसेको बैठकले आगामी २० मंसिरमा वृहत भेला गरी पार्टीको नेपाल थाहानगर समिति घोषणा गर्ने निर्णय गरेको छ ।
बैठकमा जसपा जिल्ला सदस्य तथा हेटौंडा उपमहानगर समिति अध्यक्ष छबिलाल वाइबा, जिल्ला सदस्य नबिना गुरुङ, जिल्ला खेलकुद संयोजक कबिन सिन्तान, जिल्ला युवा कोषाध्यक्ष राधिका थिङ लामा, जिल्ला सुकुम्बासी भुमिहिन सदस्य सुन लक्ष्मी माया थिङ लगायतको उपस्थिति रहेकोे थियो ।

















































पालिका प्रेस 
















प्रतिक्रिया दिनुहोस्