मकवानपुर थाहा नगरपालिकाले आर्थिक वर्ष २०८१/०८२ का लागि नदीजन्य पदार्थको बिक्रीका लागि बोलपत्र आव्हान गरेको छ । पालिकाले १४ कार्तिकमा ३० दिनको म्याद राखी सूचना प्रकाशन गरेको हो ।

थाहनगरले यसपटक २ वटा प्याकेज बनाएर टेण्डर खुलाएको छ । पालिकाले आग्रा क्षेत्र भनेर वडा नम्बर ७ र ८ का लागि भ्याट बाहेक १ करोड ३४ लाख ३७ हजार ३९७ र पालुङ क्षेत्र भनेर २, ३, ५ र ६ नम्बर वडाका लागि ७५ लाख ५७ हजार ७९ रुपियाँमा बोलपत्र आव्हान गरेको हो ।

कबुल अंक दाबी गर्दा ५ प्रतिशत रकम धरौटी राख्नुपर्ने सूचनामा उल्लेख छ ।

सूचना:

पालिका प्रेस
थप जानकारी