प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको प्रतिनिधिमण्डलको चीन भ्रमण तालिका स्वीकृत भएको छ । मन्त्रिपरिषद्को १३ मंसिरमा बसेको बैठकले प्रधानमन्त्रीको चीन भ्रमण स्वीकृत गरेको हो । भ्रमण टोलीमा सरकारीतर्फ ३९ जना र निजी ४८ गरी ८७ सदस्यीय सदस्य सहभागी रहनेछन् ।
यस्तै परराष्ट्र मन्त्रालय अन्तरगतका ७ जना भने यसअघि नै चीन गइसकेका छन् । यसबाहेक ४८ जना निजी क्षेत्रका व्यक्ति प्रधानमन्त्री ओलीसँग चीन भ्रमणमा जाने टुंगो मन्त्रिपरिषद् बैठकले लगाएको एक मन्त्रीले जानकारी दिए ।
प्रधानमन्त्रीले चीन भ्रमणका क्रममा चिनियाँ राष्ट्रपति सी चिनफिङ र प्रधानमन्त्री ली छ्याङबसँग मंसिर १८ गते भेटवार्ता गर्नेछन् । भ्रमण सकेर प्रधानमन्त्रीसहितको टोली २० गते स्वदेश फर्कने छ ।
यसैबिच भीआईपी र भीभीआईपीहरु विदेश जाँदा विमानस्थलमा लावालस्कर नलाग्न प्रधानमन्त्रीले निर्देशन दिएका छन् । भीभीआईपी र भीआइपीलाई स्वागत र बिदाइ गर्दा कार्यवाहक प्रधानमन्त्री, गृहमन्त्री, मुख्यसचिवसहित १४ जना मात्र एयरपोर्ट गए हुने प्रधानमन्त्रीले बताएका छन् ।
नामावलीः
- प्रधानमन्त्री पत्नी राधिका शाक्य,
- परराष्ट्रमन्त्री आरजु राणा देउवा,
- प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु प्रसाद रिमाल,
- आर्थिक सल्लाहकार युवराज खतिवडा,
सांसदहरूः
- अर्जुन नरसिंह केसी,
- श्याम कुमार घिमिरे,
- लिलानाथ श्रेष्ठ,
- बिजुला रायमाझी,
- रेखा शर्मा,
- वीरेन्द्र प्रसाद महतो,
- दीपक कार्की,
- सर्वेन्द्र नाथ शुक्ला,
- रञ्जिता श्रेष्ठ,
- मुख्यसचिव एकनारायण अर्याल,
- सचिवहरू रामप्रसाद घिमिरे, अमृत बहादुर राई (परराष्ट्र कामु सचिव)
- लगानी बोर्डका सीईओ सुशील ज्ञवाली,
- मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयका सहप्राध्यापक पद्मसुन्दर जोशी,
- प्रधानमन्त्रीका निजी चिकित्सक दिव्या सिंह शाह,
- प्रमुख स्वकीय सचिव राजेश बज्राचार्यसहित
अन्य सरकारी अधिकारीहरू
- कृष्ण प्रसाद ढकाल,
- विष्णु प्रसाद गौतम,
- मणिरत्न शर्मा,
- उदय पोखरेल,
- कमल रावल,
- ऋचा भट्टराई,
- जानकी ओझा,
- सुजन लामिछाने,
- विनोद खनाल,
- जयश्री शाक्य
- अनिता सिंह
प्रतिक्रिया दिनुहोस्