गृह मन्त्रालयले २८ जना शाखा अधिकृतको सरुवा गरेको छ। ८ चैत्रमा मन्त्रालय तथा मातहतका निकायमा कार्यरत शाखा अधिकृत तथा प्रशासकीय अधिकृतहरूको विभिन्न जिल्ला प्रशासन कार्यालय, इलाका प्रशासन कार्यालय र कारागारमा सरुवा गरिएको हो।

८ चैत्रमै मन्त्रालयले नौ जना उपसचिवहरूको समेत सरुवा गरेको थियो।

यससँगै मन्त्रालयको अतिरिक्त (बरन्डा) मा रहेका शाखा अधिकृतहरूको व्यवस्थापन पूरा भएको प्रशासन सिंहदरबार विशेष ब्युरो स्रोतले जनाएको छ।

पालिका प्रेस
थप जानकारी