नेपाल विद्यार्थी संघ थाहा बहुप्राविधिक शिक्षालय चित्लाङ मकवानपुरको सभापतिमा भरतबहादुर बटाला चयन भएका छन् । १ फागुनमा भएको भेलाबाट बटालाको संयोजकत्वमा ३५ सदस्यीय क्याम्पस समिति चयन गरिएको हो ।
समितिको वरिष्ठ उपसभापतिमा गणेश बडाल, उपसभापतिमा अनिल थापा, नरेन्द्र बटाला र सुमन काफ्ले चयन भएका छन् । सचिवमा कमल उपाध्याय र कार्मा छिमेट लामा चयन भएका छन् । त्यस्तै, सहसचिवमा अन्जना बोम्जन, टीकाराम केसी, उत्तम उपाध्याय र मेघराज भण्डारी चयन भएका छन् भने कोषाध्यक्षमा रमिता ठगुन्ना चयन भएका छन् ।
त्यस्तै सदस्यहरुमा क्रमशः मंगल बुढा, मिलन पुनमगर, हिम्मत कार्की, दर्पण गोपाली, रोशन थापा, राजेन्द्रबहादुर शाही, लोकन्त्र रोकाया, क्रिष्टिना गौतम, रुपनारायण यादवलगायत रहेका छन् । नेपाल विद्यार्थी संघका पूर्व केन्द्रीय सदस्य चन्द्र सुन्दर छेवाङको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नेपाली कांग्रेस थाहा नगरपालिका सभापति प्रमोद जोशी, थाहा उपसभापति प्रेम बलामी, दिपशन अधिकारीलगायतको आतिथ्यता रहेको थियो ।















































पालिका प्रेस 





प्रतिक्रिया दिनुहोस्