मकवानपुर थाहा नगरपालिकामा क्रियाशील चेतनशील महिला बचत तथा ऋण सहकारी संस्था जिल्लाकै ‘उत्कृष्ट महिला सहकारी’ संस्थाको रुपमा छनौट भएको छ । सामाजिक विकास मन्त्रालय बागमती प्रदेशले प्रदेशको क्षमता विकास, प्रोत्साहन, सहयोग कार्यक्रम अन्तर्गत चेतनशील महिला सहकारीलाई छनौट गरेको हो ।

मन्त्रालयले बागमती प्रदेशको ११ जिल्लाका ११ महिला सहकारीहरु संस्थामा चेतनशील पनि परेको सहकारीका अध्यक्ष शकुन्तला गोपालीले बताइन् । उनले सहकारीलाई यो स्थानमा पु¥याउनका लागि सहयोग तथा सहकार्य गर्ने सम्पूर्णमा आभार व्यक्त गरेकी छिन् । उनले भनिन्–‘यस संस्थाका सदस्यज्युहरुको साथ र विश्वासले प्राप्त गरेको यो सम्मानको सहि कदर गर्दै भोलिका दिनहरुमा आफ्ना सदस्यहरुको उन्नति प्रगतिमा अझै ऊर्जाका साथ अघि बढ्न सकौं ।’

छनौटसंगै सहकारीले चालू कोषको रुपमा संचालन गर्ने गरी एक लाख रुपैयाँ समेत प्राप्त गरेको छ ।

पालिका प्रेस
थप जानकारी