
मकवानपुर थाहानगरको पालुङ बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले संस्थामा आवद्ध लघुवित्त महिला आयआर्जन समुह प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम गरेको छ । संस्थाको सभाहल थानाबजारमा भएको कार्यक्रममा १ सय ५६ जना समुह अध्यक्षहरुको उपस्थिति रहेको थियो । २६ वैशाखमा भएको सो कार्यक्रममा संस्थाले वित्तीय साक्षरता तथा आधुनिक डिजिटल प्रविधि तथा मोवाईल बैंकिङसंग सम्बन्धि विषयमा प्रशिक्षण दिएको थियो ।
कार्यक्रममा वित्तीय साक्षरताको विविध विषयवस्तुको बारेमा संस्थाका व्यवस्थापक प्रकाश पौडेल र सह ब्यवस्थापक रामप्रसाद ढकालले प्रस्तुतीकरण गरेका थिए । सो अवसरमा सहभागीहरुलेले वित्तीय संस्थाबाट ऋण लिएपछि केही न केही व्यवसाय सञ्चालन गर्न आवश्यक रहेको बताउदै सहकारी संस्थाले गाउँघरका सोझासाझा महिला दिदी बहीनीहरुलाई सही सूचना आदान प्रदान गर्नुका साथै महिला दिदी बहीनीहरुको आय आर्जन हुने काममा ऋण लगानी गर्न सहयोगी हुनुपर्नेमा जोड दिएका थिए।
कार्यक्रममा उपस्थित सम्पूर्णलाई स्वागत तथा वित्तीय संस्थाको वर्तमान अवस्थाको बारेमा संस्थाका अध्यक्ष कृष्ण बहादुर बिष्टले स्पष्ट पारेका थिए। संस्थाका उपाध्यक्ष अरुण रायमाझीले स्वागत गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्