बागमती प्रदेशका १ सय १९ स्थानीय तहमध्ये ३४ वटा पालिकाको मात्र एक प्रतिशतभन्दा कम बेरुजु रहेको पाइएको छ । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको वार्षिक प्रतिवेदन २०८२ ले यस्तो देखाएको हो ।
महालेखा परीक्षकको कार्यालयले गरेको वार्षिक प्रतिवेदन अनुसार प्रदेशभरमा शून्य बेरुजु भएको पालिकामा महाभारत गाउँपालिका रहेको छ । काठमाडौँ जिल्लाका दुई, ललितपुरका तीन वटा, मकवानपुरका दुई वटा पालिकामा बकैया गाउँपालिका र राक्सिराङ गाउँपालिका, चितवनका पाँच, धादिङको दुई वटा, नुवाकोटको पाँच वटा, काभ्रेपलाञ्चोकको पाँच वटा, सिन्धुलीको तीन वटा, दोलखाको तीन वटा र रामेछापको चार वटा पालिकाको एक प्रतिशतभन्दा कम बेरुजु रहेको छ ।
सबैभन्दा बढी बेरुजुभएका पालिकामा सिन्धुपाल्चोकको चौतारा सागा चोकगढी नगरपालिकाको ७.६७ प्रतिशत र चितवनको राप्ती नगरपालिकाको ७.९८ प्रतिशत गत आवमा बेरुजु रकम रहेको महालेखाको प्रतिवेदनमा उल्लेख छ ।
यसैबिच स्थानीय तहरुको बेरुजु रकम पनि वर्षेनि बढ्दो क्रममा छ । यता मकवानपरका स्थानीय तहहरुमध्ये आर्थिक वर्ष २०८०/०८१ मा सबैभन्दा कम बेरुजु बकैया गाउँलिकाको रहेको छ । बकैयापछि सबैभन्दा कम बेरुजु राक्सिराङ गाउँपालिकाको रहेको महालेखाको प्रतिवेदनमा उल्लेख छ । महालेखा परीक्षकको कार्यालयले गरेको स्थानीय तहरुको लेखापरीक्षणमा मकवानपुरका १० स्थानीय तहमध्ये गत आवमा सबैभन्दा कम बेरुजु बकैया गाउँपालिका र सबैभन्दा बढी बेरुजु थाहा नगरपालिकाको रहेको देखाइएको छ । थाहा नगरपालिकापछि सबैभन्दा बढी बेरुजु हुनेमा हेटौँडा उपमहानगरपालिका रहेको छ ।
बकैया गाउँपालिकाको आव २०८०÷८१ को बेरुजु प्रतिशत ०.६० हुँदा थाहा नगरपालिकाको बेरुजु प्रतिशत २.६० प्रतिशत रहेको छ । यस्तै राक्सिराङ गाउँपालिकाको ०.७५ र हेटौँडा उपमहानगरपालिकाको २.३३ प्रतिशत बेरुजु रहेको प्रतिवेदनमा उल्लेख छ ।
प्रतिक्रिया दिनुहोस्