मकवानपुर नगरपालिकाका निष्कृय रुपमा रहेका सहकारी संस्थाहरुलाई खारेजी गर्ने नीति लिएको छ । पालिकाले एकै प्रकृतिका सहकारी बिच एकीकरण गर्ने कार्यलाई प्राथमिकता दिने नीतिमा उल्लेख छ । ७ असारमा नगर प्रमुख विष्णु बहादुर विष्टले पेश गरेको नीति तथा कार्यक्रममा यस्तो उल्लेख छ ।

प्रचलित सहकारी सम्बन्धी कानूनहरुको पालना नगर्ने तथा नियमानुसारको प्रगति प्रतिवेदनहरु नियामक निकायमा पेश नगर्ने सहकारीहरुलाई कानून अनुसार कारवाही गर्ने समेत थाहानगरले नीति लिएको छ । बाँझो जग्गा जमिनहरु उपयोग हुने गरि सहकारी खेती प्रवद्र्धन कार्यक्रम सञ्चालन गर्न थाहाले आगामि वर्षबाट पहल गर्ने भएको छ ।

पालिका प्रेस
थप जानकारी