मकवानपुर थाहा नगरपालिकाले एकल महिला, अपाङगता भएका र दलित समुदायमा सूचीकृतहरुले सञ्चालन गर्ने व्यवसायमा छुट दिने भएको छ । नगरपालिकाले ७ असारमा सभामा पेश गरेको नीति तथा कार्यक्रम अनुसार अपाङ्गता भएका र एकल महिलाले सञ्चालन गर्ने व्यवसाय दर्तामा २० प्रतिशतले छुट प्रदान हुनेछ । त्यस्तै महिला, दलित, सिमान्तकृत समुदायबाट सञ्चालित व्यवसाय दर्तामा १० प्रतिशत छुट दिने नीतिमा उल्लेख छ ।
चालु कोष सञ्चालन कार्यविधि बमोजिम निश्चित अवधिका लागि मौजुदा चालु कोषमा रहेको रकम मध्येबाट महिला सहकारीका सदस्य वा महिला, अपाङ्गता, एकल महिलाद्वारा सञ्चालित व्यवसायलाई प्राथमिकताका आधारमा सहुलियतपूर्ण कर्जा उपलब्ध गराई व्यवसाय प्रवद्र्धनमा सहायता प्रदान गर्ने पनि थाहाको नीति छ ।
नगरपालिका मार्फत सीप र प्रविधि हस्तान्तरण भई सुरुवात गरिएका लघु उद्यमलाई व्यवसाय दर्तामा सहुलियत प्रदान गर्ने नगरपालिकाको आगामि आर्थिक वर्षको नीति रहेको छ ।
















































पालिका प्रेस 









प्रतिक्रिया दिनुहोस्