ढाका उद्यमिहरुका लागि भएको १ सय ६० घण्टे निशुल्क एड्भान्स ढाका कपडा बुन्ने तालिम २० असारमा समापन भएको छ । हेटौंडा महिला समूहको आयोजना तथा हेटौंडा उपमहानगरपालिकाको आर्थिक सहयोगमा तालिम भएको हो ।

समुहकि अध्यक्ष सीता सुवेदी पाठकको सभाअध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाकी नगर प्रमुख मिना कुमारी लामाको प्रमुख आतिथ्यता थियो। प्रशिक्षक सीतादेवी थापा मगरले नगर भरिका १६ जना महिलालाई तालिम दिएकी थिइन् ।

कार्यक्रमा १० नम्बर वडा अध्यक्ष फुर्वा दोर्जे लामा, वडा सदस्य इश्वर मैनाली, जाल्पादेवी महिला केन्द्र्र अध्यक्ष गिता मैनाली, उद्योग शाखा प्रमुख महेन्द्र चापागाईं, उद्योग अधिकृत गरिमा सिग्देल, सेव हाउसकी प्रमुख विनिता बर्तौला, दिदीबहिनी समुहकी अध्यक्ष जुना श्रेष्ठलगायतको उपस्थिति थियो।

पालिका प्रेस
थप जानकारी