मकवानपुर जिल्लाको पूर्वी भेगमा पर्ने बकैया गाउँपालिकाको वडा नम्बर ६ मा शान्तिको एउटा प्रतीक झल्काउने ‘गौतम बुद्ध पर्यटन पार्क’ निर्माण भएको केही समयमै धार्मिक आस्थाको केन्द्र र स्थानीय पर्यटन प्रवद्र्धनको सम्भावनाशील स्थलका रूपमा परिचित हुँदै आएको छ ।
पार्कको मूल आकर्षण शान्त मुद्रा र विशाल आकारको गौतम बुद्धको मूर्ति हो । अहिले लिटिल बुद्धको मूर्ति थापना भएपनि यहि क्षेत्रमा विशाल मूर्ति निर्माणको तयारीमा गाउँपालिका छ । यस मूर्तिले नजिक गएपछि मानवीय भावनालाई गहिरो बनाउँछ र आत्मसमीक्षा गर्न उत्प्रेरित गर्छ। मूर्तिको पछाडि हरियाली, फूलबारी, र बगैंचाले पार्कलाई पर्यावरणीय दृष्टिले पनि सन्तुलित बनाएको छ।
बकैयाको ‘गौतम बुद्ध पर्यटन पार्क’मा किन घुम्नुपर्छ भन्ने लागेको होला । तर, जिल्लाको पूर्वी क्षेत्रको यस स्थानमा शान्त अनी आनन्दको वातावरण रहेको बकैयाका श्याम ढकाल बताउँछन् । स्थापना पछिको केही वर्षभित्रै यो स्थलले गाउँका बासिन्दा मात्र नभई छिमेकी जिल्लाबाट आउने पर्यटकलाई पनि हेटौँडा उपमहानगरपालिका अन्तर्गतको बुद्धचोकबाट करिब २८ किलोमिटर दूरीमा रहेको यो पार्क निजी सवारी वा ट्याक्सीमार्फत सहजै पुग्न सकिने दूरीमा छ। करिब ४० मिनेटको गाडी यात्रापछि सुगन्धित वनजंगल पार गर्दै यहाँ पुग्न सकिन्छ। पैदलयात्राका लागि समय बढी लागे पनि बाटो रमणीय छ, फोटोग्राफी, दृश्यावलोकन र पिकनिक प्रेमीहरूका लागि उपयुक्त स्थान मानिने स्थानीय वासिन्दाहरु बताउँछन् ।
पार्क भ्रमण गर्न चाहनेका लागि वसन्त (फागुन–बैशाख) र शरद (असोज–मङ्सिर) महिनाहरू अत्यन्त उपयुक्त मानिन्छ। मौसम सुहाउँदो हुन्छ, घाम र छायाको सन्तुलनले यात्रालाई मनमोहक बनाउँछ। विशेषगरी वैशाख पूर्णिमा अर्थात् बुद्ध जयन्तीका अवसरमा यहाँ भव्य कार्यक्रमहरू आयोजना गरिन्छन्, जसमा स्थानीय संस्कृति, पूजा–पाठ, भजन–कीर्तन र सामूहिक प्रार्थनाले गहिरो अनुभूति दिन्छ।
यात्रुहरू आरामसँग समय बिताउन सकुन् भन्ने उद्देश्यले यहाँ शौचालय, पानी, विश्रामस्थल, फूलबारी, फोटो स्टेसन, ध्यान कक्ष जस्ता संरचनाहरू पनि बनाइएका छन्। यहि भित्र डम्फु पार्क पनि निर्माण गरिएको छ र विशाल मूर्ति राखें भनेर ताला पनि निर्माण गरिएको छ जुन संरचना निर्माण भएपछी झनै आकर्षण देखिन्छ । पार्क केवल मनोरञ्जनको केन्द्र मात्र होइन, यो धर्म, संस्कृति, प्रकृति र समुदायको संगमस्थल हो। बुद्धको शिक्षालाई मूर्त रूप दिन सक्ने प्रयास स्वरूप बनेको यस पार्कले “शान्तिका लागि आन्तरिक यात्रा“ गर्न चाहनेहरूका लागि अनौठो ऊर्जा दिनेछ ।
















































पालिका प्रेस 









प्रतिक्रिया दिनुहोस्