विश्व मत्स्य दिवसको अवसर हेटौंडास्थित मत्स्य प्रवद्र्धन संरक्षण केन्द्रले कर्रा खोलामा माछाको भुरा छाडेको छ । गर्दी जातका ३० हजार माछाका भुरा कर्रा खोलामा छाडिएको हो ।

खोलामा माछाको भुरा छाड्दै हेटौंडा उपमहानगरपालिकाकी नग् प्रमुख मीनाकुमारी लामाले माछा पौष्टिक तत्व र स्वास्थ्यवर्धक भएकाले माछा सबैको भान्छामा हुनुपर्ने बताइन् । खोलालाई प्रदूषणमुक्त राख्न सकेमा माछालगायत जलचरको संरक्षण हुने उनको भनाइ थियो । खोलामा करेन्ट लगाएर, विषादी हालेर माछा मार्ने कामलाई नियन्त्रण गर्न पनि उनले आग्रह गरिन् ।

मत्स्य प्रवद्र्धन संरक्षण केन्द्र हेटौंडाका प्रमुख सरोजकुमार यादवले केन्द्र माछापालनका निम्ति प्रोत्साहित गर्दै आएको बताए । उक्त केन्द्रले उत्पादन गरेको माछाको भुरा भारतका माछापालक कृषकले समेत खरिद गरेर लैजाने गरेका छन् । हेटौंडा–५ पिप्लेमा २०२४ सालमा माछापालनका लागि दुई दर्जन पोखरी निर्माण गरिएको थियो ।

पालिका प्रेस
थप जानकारी