मकवानपुर थाहा नगरपालिका वडा नम्बर ६ स्थित वडा कार्यालय परिसरमा सञ्चालन भएको निःशुल्क बाली उपचार (प्लान्ट क्लिनिक) शिविरमा २ सय किसानका बाली विरुवाको जाँच गरिएको छ । २ असारमा राष्ट्रिय कीट विज्ञान अनुसन्धान केन्द्र, खुमलटार ललितपुरको आयोजनामा तथा राष्ट्रिय बाली रोग विज्ञान अनुसन्धान केन्द्र, खुमलटार ललितपुरको सह–आयोजनामा साना किसान कृषि सहकारी संस्था लिमिटेड, बज्रबाराहीसँगको सहकार्यमा शिविर सञ्चालन भएको थियो ।
शिविरमा नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) का वैज्ञानिक तथा प्राविधिकहरूले कृषकहरूलाई प्रत्यक्ष विशेषज्ञ सेवा प्रदान गरेका थिए ।शिविरमा कृषकहरूले आफ्ना बालीमा देखिएका विभिन्न प्रकारका किरा, रोग तथा क्षतिग्रस्त बिरुवाका नमुनाहरू ल्याई परीक्षण तथा परामर्श सेवा लिएका थिए । विशेषज्ञहरूले बालीमा देखिएका समस्याहरूको पहिचान गरी रोग तथा किराको व्यवस्थापन, नियन्त्रणका उपाय, सुरक्षित विषादी प्रयोग तथा आधुनिक कृषि प्रविधिबारे जानकारी दिएका थिए।

शिविरबाट कृषकहरूले आफ्ना बालीका समस्याको समाधानका लागि आवश्यक प्राविधिक सुझाव प्राप्त गरेको बताएका छन्। कृषकहरूको उत्साहजनक सहभागिता रहेको उक्त बाली उपचार शिविर कृषि उत्पादन वृद्धि तथा बाली संरक्षणमा उपयोगी हुने विश्वास आयोजक पक्षले व्यक्त गरेको छ ।


















































पालिका प्रेस 











प्रतिक्रिया दिनुहोस्