मकवानपुरको मकवानपुरगढी गाउँपालिकामा कोदोको मुल्य निर्धारण गरेको छ ।

गाउँपालिकाले सुचना जारी गर्दै आर्थिक वर्ष ७८/७९ को स्वीकृत बार्षिक कार्यक्रम अन्तर्गत कृषि कार्यक्रमको सिलशिलामा अनाज मुल्य निर्धारण समितिको बिहिबार बसेको बैठकले रैथाने बाली कोदोको मुल्य निर्धारण गरेको हो ।

पालिकाभरमा कृषकले उत्पादन गरेको कोदो न्युनतम प्रतिकिलो ४८ रुपैँयामा विक्री गर्न सकिने गाउँपालिकाको कृषि प्रमुख चन्द्रकान्त चौधरीले बताएका छन् ।