मकवानपुर थाहा नगरपालिकाले नगर क्षेत्रका किसानहरुलाई ५० प्रतिशत अनुदानमा फलफुलको विरुवा वितरण गर्ने भएको छ । नगरपालिकाको वार्षिक स्वीकृत कार्यक्रम अनुसार टर्की कलमी ओखर, किबी, जापनिज हलुवावेद तथा दाँते ओखबरको विरुवामा अनुदान दिने भएको हो ।
थाहा नगरपालिका कृषि विकास शाखाले सूचना प्रकाशन गरी ५० प्रतिशत अनुदानमा वितरण गरिने फलफुलको विरुवाको लागि पालिका तथा वडाहरुमा सम्पर्क गरी निवेदन दिन आग्रह गरेको हो ।
अनुदानका लागि प्रस्ताव पेश गर्दा किसानहरुले कृषक समूह तथा कृषि सहकारीको भैँसी पालन सम्बन्धी बैठकको निर्णय प्रतिलिपी, वडा कार्यालयको सिफारिस, कृषक समूह तथा कृषि सहकारीको दर्ता प्रमाण पत्र प्रतिलिपी तथा नविकरण, स्थायी लेखा नम्बर तथा कर चुक्ता प्रतिलिपीलगायतका कागजात पेश गर्नुपर्ने सूचनामा उल्लेख छ ।
हेर्नुहोस् सूचनाः



















































पालिका प्रेस 












प्रतिक्रिया दिनुहोस्