मकवानपुरगढी गाउँपालिका वडा नम्बर ४ कालिखोलामा उत्पादन भएको कोदो राष्ट्रिय आविस्कार केन्द्र काठमाडौंमा पुगेको छ । आविष्कार केन्द्रले उत्पादन गरेको कोदो टिप्ने मेशिन , सुकाउने सोलार ड्रायर र झार्ने मेसिन परिक्षणका लागि यहाँको कोदो लगिएको मकवानपुरगढी गाउँपालिकाका कृषि शाखा प्रमुख कृषि अधिकृत चन्द्रकान्त चौधरीले बताए ।

वि.सं. २०७६ सालमा युवा वैज्ञानिक तथा सामाजिक अभियन्ता महावीर पुनको नेतृत्वमा काठमाडौंको कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय परिसरमा राष्ट्रिय आविष्कार केन्द्रको निर्माण गरिएको छ । जनस्तर र विदेशीको सहयोगमा करिव आठ करोड बजेटमा सो केन्द्र स्थापना गरिएको हो । नेपाली जनताले दिएको दान र विदेशीहरुको सहयोगमा केन्द्रको स्थापना गरिएको बताइएको छ ।

नयाँ–नयाँ सोच भएका युवाहरुलाई उद्यमी बन्न र मुलुकको आर्थिक विकासमा योगदान दिने खालका कुनै पनि क्षेत्रको बस्तुहरुको उत्पादन गरेर व्यापार गर्न आवश्यक सहयोग गर्ने गरी सो केन्द्र स्थापना गरिएको सो केन्द्रका अध्यक्ष महावीर पुनले बताए । केन्द्रले विभिन्न खालका उपकरणहरु उत्पादन गरिरहेको छ ।

पालिका प्रेस
थप जानकारी