

चितवनको खैरहनीमा थाहाका फोटो प्रदर्शनीमा शुरू भएको छ । नेपाल उद्योेग वाणिज्य महासंघ बागमती प्रदेश तथा खैरहनी उद्योग वाणिज्य संघको आयोजनामा चितवनको लदरी खोला किनारमा २०७९ माघ ४ देखि १५ सम्म हुने बागमती प्रादेशिक एवं दोश्रो खैरहनी महोत्सवमा थाहाको फोटो प्रदर्शनी भएकाे हाे ।
थाहानगरका ऐतिहासिक, प्राकृतिक, सांस्कृतिक तथा पर्यटकीय क्षेत्रहरू समेटिएका ६० वटा फोटो उक्त महोत्सवमा प्रदर्शनीका लागि राखिएको छ । प्रदर्शनीमा राखिएको फोटोहरू थाहानगरका फोटो पत्रकार गणेश विष्टले खिचेका हुन् ।
प्रदर्शनीे थाहा नगरपालिकाको आयोजना तथा फरक सोचको समन्वयमा भएको हाे । कार्यक्रमको व्यवस्थापन थाहानगर उद्योग वाणिज्य संघको गरेकाे छ । १० दिनसम्म चल्ने महोत्सवमा करिब १५ हजारले अवलोकन गर्ने पुर्वानुमान रहेको कार्यक्रमका संयोजक तथा थाहानगर उद्योग वाणिज्य संघका अध्यक्ष कबिराज खत्रीले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्