एशिया कै ठुलो गुफा दावी गरिएको बेनिघाट रोराङ गाउँपालिका स्थित विकट गाउँ घाङबाङमा रहेको नोहक गुफामा यहि फागुन १९ गते बेनीघाट रोराङले कार्यपालिकाको बैठक राखेको छ । पृथ्वी राजमार्ग चरौदीबाट कच्ची मोटर बाटी १५ किलोमिटर हिडेपछी विदाङ हुँदै गोठी भन्ज्याङ पुग्न सकिन्छ । गोठी भन्ज्याङबाट फेरी ३ घण्टा हिडेपछी दुङवाङ हुदै पुगिने नोहक गुफा प्रचार प्रसारको लागि बैठक गुफामा गर्न लागिएको पालिका अध्यक्ष कृष्ण बहादुर थपलियाले धादिङपोष्टलाई बताए ।

नोहक गुफा भित्र छिरेपछी ४ घण्टा जती भित्र नै घुम्न सकने ठाउँहरु छन्, ठुला ठुला फराकिलो स्पेसहरु छन् । नोहक गुफा भित्र विभिन्न प्रकारको रहस्यमय ढुङगाको मुर्तिहरु पनि देख्न सकिन्छ गुफा भित्र एउटा ठूलो खोला छ त्यस खोलामा पानीको पेखरी झरना रहेको थपलियाले धादिङपोष्टलाई बताए । नोहक गुफाको बाहिर छेउतिर हरियाली वनस्पती जङ्गल रहेको छ । त्यस जङ्गल भित्र विभिन्न प्रकारको जडीबुटी औषधीहरु पाइन्छ । नोहक गुफाबाट २ किलोमिटर जती हिडेर उकाली चढ्यो भने नागे डाँडा घोरावाङ भन्ने ठाउँ पुगिन्छ जुन त्यो ठाउँ चितवानको सिमाना पर्छ । त्यहाँबाट चितवनको विभिन्न ठाउँहरु ताडी, पर्सा, भरतपुर, नारायणगढ, भन्डारा शक्तीखोर हेर्न सकिन्छ  ।

नोहक गुफा मित्र घुम्न स्थानीयको अनिवार्य स्वीकृत लिनुपर्छ र स्थानीयहरुले नै गुफा गुमाउने मान्छे चयन गरेका छन् र एक टोली वा व्यक्ति गुफा भित्र लगेर अवलोकन गराएको १ हजार लिने गर्दछन् । टाढाबाट घुम्न आउने पाहुनालाई स्थानीय स्तरमै खान बस्नको व्यवस्था उपलब्ध हुने, अध्यक्ष थपलियाले बताए ।

पालिका प्रेस
थप जानकारी