होटल तथा पर्यटन व्यवसायी संघ बागमती प्रदेश समितिको चित्लाङ अधिवेशनले नयाँ नेतृत्व चुन्ने भएको छ । संघ प्रदेशको अधिवेशन थाहा नगरपालिका–९ चित्लाङमा हुने भएको हो । अधिवेशनको तयारी अन्तिम चरणमा रहेको जनाइएको छ ।

१७ फागुनमा चित्लाङमा अधिवेशन गर्न लागिएको होटल तथा पर्यटन व्यवसायी संघ बागमती प्रदेशले जनाएको छ । अधिवेशनमा बागमती प्रदेशका १३ जिल्लाका प्रतिनिधि, पर्यवेक्षक तथा अतिथि लगायत गरी करिब २ सय जना सहभागी हुने जनाइएको छ । अधिवेशनको उद्घाटन बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले गर्ने तय भएको छ । चित्लाङमा हुने अधिवेशन सफल बनाउन स्थानीय व्यवसायी पनि उत्साहित देखिएका छन् ।

य क्षेत्र हो । संघको प्रदेश अधिवेशनले चित्लाङको प्रचार हुने जनाइएको छ । चित्लाङमा अधिकांश काठमाडौं उपत्यकाको आन्तरिक पर्यटकहरु आउने गरेका छन् । संघको अधिवेशनको लागि यसअघि चित्लाङ रिसोर्टमा तयारी बैठक समेत बसेको छ । चित्लाङमा दर्जनौ होम स्टे र रिसोर्टहरु सञ्चालनमा छन् । चित्लाङका व्यवसायीले अधिवेशनमा सहभागी हुन आउने पाहुनाहरुलाई एक छाकको खाना र एक रातको आवास निःशुल्क उपलब्ध गराउने भएका छन् । अधिवेशनलाई सफल बनाउन आवश्यक अन्य सहयोग गर्ने प्रतिबद्धता व्यवसायीहरुले जनाएका छन् ।

चित्लाङ सामुदायिक होम स्टेका सल्लाहकार बुद्धरत्न मानन्धरले चित्लाङको प्रचारसँगै स्थानीय संस्कृतिको प्रवद्र्धन गर्ने महत्वपूर्ण अवसरको रुपमा यो अधिवेशनलाई लिएको बताए । चित्लाङमा भएका रि सोर्ट मात्रै संघमा सदस्य छन्, होम स्टे व्यवसायीहरुको छुट्टै संगठन छ । गाउँमा हुन लागेको कार्यक्रम सफल बनाउन सबै पक्षले सहयोग गर्ने सहमति भएको मानन्धरले बताए । करोड खर्च गरेर पनि एकैपटक १३ जिल्लाका मानिस चित्लाङ ल्याउन नसकिने भन्दै अधिवेशनलाई अवसरको रुपमा लिएको उनको भनाई छ । चित्लाङको संस्कृति प्रवद्र्धन गर्न र यसको प्रचारका लागि अधिवेशन फलदायी हुने मानन्धरको अपेक्षा छ ।

अधिवेशनमा चित्लाङका विभिन्न समुदायको सांस्कृतिक नाच पनि देखाउने तयारी गरिएको छ । कार्यक्रमको दिन नेवार समुदायको मारुनी नाच, लाखे नाच, तामाङ समुदायको सोरठी, कुस्ले बाजा, गोपाली समुदायको ख्याक र लठ्ठी नाच र पर्वते समुदायको खैंजडी भजन प्रदर्शन गर्ने र त्यसको शुल्क पनि नलिने निर्णय भएको उनको भनाइ छ ।

पालिका प्रेस
थप जानकारी