मकवानपुर थाहा नगरपालिका वडा नम्बर ९ मा व्यवसायिक कृषकहरुका लागि माटो तथा तरकारी व्यवस्थापन सम्बन्धि दुईदिने तालिम दिइएको छ ।

मदनभण्डारी विश्वविद्यालयको सहयोगमा भएको तालिम स्वच्छन्द साना किसान कृषि सहकारी संस्थाले आयोजना गरेको तालिम थाहानगरको ९ नम्बर वडा कार्यालयको सभाहलमा भएको हो । १५ र १६ फागुनमा भएको तालिममा थाहा नगरपालिका वडा नम्बर ९ र १० का ५० जनाभन्दा बढि व्यवसायिक कृषकहरुको सहभागिता रहेको कृषि प्राविधिक कमला सुवेदीले जानकारी दिइन् । तालिमका सहभागीहरुलाई नार्कका डाक्टर सुरेन्द्रलाल श्रेष्ठ, मदनभण्डारी विश्वविद्यालय चित्लाङका डाक्टर अनुपम श्रेष्ठ, भुषण श्रेष्ठ, डाक्टर सर्बेश दास डंगोल, डाक्टर रामेश्वर राइले तालिम दिएका थिए ।

स्वच्छन्द साना किसान कृषि सहकारीकी उपाध्यक्ष संगिता भुजेलको अध्यक्षतामा भएको तालिम समापन कार्यक्रममा वडा नम्बर ९ का वडा अध्यक्ष राजकुमार बलामी, सहकारीकी व्यवस्थापक शुक्ला गोपाली, वडा नम्बर ९ र १० की कृषि प्राविधिक कमला सुवेदी, स्थानीय किसानहरु, वडा कार्यालय र सहकारी कर्मचारीहरुको समेत उपस्थिती रहेको थियो ।

पालिका प्रेस
थप जानकारी