कुलेखानी जलासय । फोटो सौजन्यः इन्द्रसरोवर युवाक्लब

मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा रहेको कुलेखानी जलाशयमा ६ लाख वटा भुरा माछा छोडिएको छ । कुलेखानी माछाका लागि पनि प्रख्यात छ । कुलेखानी (इन्द्रसरोबर ताल)मा बागमती प्रदेशअन्तर्गतको मत्स्य विकास केन्द्रले माछाका भुरा छाडेको हो ।

तालमा कमन, रहु, नैनी र सिल्भरलगायत जातका माछाका भुरा छाडिएको केन्द्रले जानकारी दिएको छ । यसअघि साउनमा पनि तालमा २ लाख माछाका भुरा छाडिएको थियो । जलीय जैविक विविधता संरक्षण तथा स्थानीय कृषकको आयआर्जनमा थप टेवा पु¥याउन तालमा माछाका भुरा छाडिएको बागमती प्रदेश कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचि डा. शरणकुमार पाण्डले बताए । यस क्षेत्रका स्थानीयहरु लामो समयदेखि तालमा माछा मारेर गुजारा चलाउँदै आएका छन् ।

स्थानीयको अर्थोपार्जनलाई मध्यनजर गर्दै मन्त्रालयले पनि चासो देखाएपछि तालमा आश्रित माछा मारेर गुजारा चलाउनेहरु लाभान्वित हुने स्थानीय अञ्जु घर्तीमगरले बताएकी छिन् । कुलेखानीमा माछापालक कृषक र सरोकारवालासँग सम्पन्न एकदिने गोष्ठी तथा भुरा छाड्ने कार्यक्रममा मन्त्रालयका सचिव पाण्डे प्रमुख अतिथि रहेका थिए । इन्द्रसरोबर गाउँपालिका अध्यक्ष देवकृष्ण पुडासैनीले कुलेखानीलाई पर्यटकको पहिलो रोजाईको घुम्ने स्थल बनाउन लागिपरेको बताए ।

पालिका प्रेस
थप जानकारी