मकवानपुरगढी गाउँपालिका अध्यक्ष दोर्जे लामा स्याङ्तानले वडा न.२ मापुङखोलामा लगाईएको कागती खेतीको अवलोकन गरेका छन् ।

कृषक बीर बहादुर स्याङ्तानले लगाएको व्यवसायिक कागती खेतीको अध्यक्ष स्याङ्तानले स्थलगत अवलोकन र कागती खेतीको वारेमा जानकारी लिएको गाउँपालिकाका कृषि शाखा प्रमुख चन्द्रकान्त चौधरीले बताए ।

१० वर्ष देखि कागती खेतीपातीमा व्यस्थ कृषक बीर बहादुर स्याङ्तानको बारीमा अहिले करिब ८ सय विरुवा छन् । जसमध्ये ५ सय विरुवाले उत्पादन दिईरहेको कृषक स्याङ्तानले जानकारी दिए । अगामी दिनहरुमा थप क्षेत्रफल विस्तार गर्ने लक्ष्य रहेको छ ।

कागतीको मुख्य बजार हेटौडा रहेको र बजार मूल्य पनि राम्रै रहेकोले आम्दानी ठिकै रहेको समेत उनले बताए ।

पालिका प्रेस
थप जानकारी