थाहानगरको इन्द्रायणी चौरमा १४ गतेबाट हुने चौथो थाहा महोत्सवमा थाहा आइडल (एकल नृत्य) प्रतियोगिता पनि हुँदैछ । प्रतियोगितामा थाहा नगरपालिकाकै ३२ जना र मोरङका १ जना गरी ३३ जनाले सहभागिता जनाएको थाहा आइडलका संयोजक यादवजंग रायमाझीले जानकारी दिए ।

थाहानगर उद्योग वाणिज्य संघको मुख्य आयोजना तथा थाहा नगरपालिकाको आयोजना र ईन्द्रायणी काला भैरव गुठिको सह आयोजनामा मंसिर २५ गतेसम्म थाहानगरमा बृहत थाहा कृषि, पर्यटन तथा व्यापार साँस्कृतिक महोत्सव सञ्चालन हुदैछ । ‘पहिलो दिनमै ३३ जनाबाट टप २० जना प्रतिस्पर्धी छनौट गर्छौँ ।’ संयोजक रायमाझीले भने–‘टप ६ बाट भोटिङको व्यवस्था गर्ने छौँ ।’

प्रतियोगितामा कलाकार विजय श्याम अमात्य र अर्का एक जनाले निर्णायकको भूमिका निर्वाह गर्नेछन् । थाहा आइडललाई निरन्तरता दिनुको साथै लोकल कलाकारलाई स्टेजको ‘प्लेटफर्म’ दिने उद्देश्यले थाहा आइडल आयोजना गरेको उनले बताए । आइडलको उपाधि जित्नेले नगद ३० हजार रुपैयाँ, द्वितीय हुनेले नगद २० हजार रुपैयाँ र तृतीय हुनेले नगद १० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

पालिका प्रेस
थप जानकारी