काठमाडौं महानगरपालिकाले गरिब परिवार पहिचान तथा परिचय पत्र वितरण सर्वेक्षणका लागि सुपरिवेक्षक र गणक माग गरेको छ।
महानगरअन्तर्गत गरिब परिवार पहिचान गर्न इच्छुकले सात दिनभित्र आवेदन दिन सक्नेछन्। २१ जना सुपरिवेक्षक र २१० जना गणक माग भएको महानगरले बताएको छ।
सुपरिवेक्षकका लागि कम्तीमा स्नातक तह पास गरेको हुनुपर्छ। १८ वर्ष पूरा भई ४० वर्ष ननाघेकाले आवेदन दिन सक्छन्। यस्तै गणकका लागि आवेदन दिन कम्तीमा प्लसटु पास गरेको हुनुपर्छ।
सम्बन्धित स्थानीय तहका बासिन्दालाई प्राथमिकता दिइने पनि महानगरले जनाएको छ।
हेर्नुस् सूचना:

















































पालिका प्रेस 











प्रतिक्रिया दिनुहोस्