थाहा नगरपालिका वडा नम्बर ३ मा रहेको आधुनिक कृषि तथा पशुपंक्षी पालक कृषक समूहको दोश्रो वार्षिक साधारणसभा ७ पौषमा सम्पन्न भएको छ । थाहानगरको शंकर होटलमा भएको साधारणसभाले आगामी २ वर्षे कार्यकालको लागि राजेन्द्रकुमार खत्रीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।

समितिको उपाध्यक्षमा कृष्ण बिष्ट, सचिबमा मधुकर अधिकारी, कोषाध्यक्षमा प्रदिप उप्रेती चयन भएकाछन् । त्यस्तै कार्यसमिति सदस्यहरुमा भुवन सेढाई, कपिलध्वज कार्की, रबि जिम्बा चयन भएकाछन् । साधारणसभाले कार्यसमितिको तर्फबाट कार्यबाहक अध्यक्ष राजेन्द्रकुमार खत्रीले प्रस्तुत गरेको बार्षिक प्रतिबेदन सहित आगामी नीति तथा कार्यक्रम, कोषाध्यक्ष प्रदिप उप्रेतीले प्रस्तुत गरेको लेखापरीक्षण प्रतिबेदन सहितको आर्थिक प्रतिबेदन पारित गरेको छ ।

वि.सं. २०७८ मा स्थापना भएको समूहले विभिन्न संघसंस्थासंगको समन्वयमा कृषि र पशुपालन सम्बन्धि विविध कार्यक्रम संचालन गर्दै आएको छ । कार्यबाहक अध्यक्ष खत्रीको अध्यक्षतामा भएको साधारणसभाको संचालन सचिब रामचन्द्र खत्रीले गरेका थिए ।

पालिका प्रेस
थप जानकारी