हेटौंडा उपमहानगरपालिकाकी नगर प्रमुख समना कुमारी लामाले पर्यटन प्रवद्र्धनका लागि एक अर्को पालिकाबीचको सहकार्य गरेर अघि बढ्ने बताएकी छिन् । मकवानपुर जिल्ला नै पर्यटकीय जिल्ल भएको बताउँदै थाहानगरले थालेको अभियान सह्रानीय भएको उल्लेख गरिन् । बागमती प्रदेशको राजधानी हेटौंडाको बुद्धचोकमा अयोजित दुइदिने थाहा पर्यटकीय फोटो प्रदर्शनीको उद्घाटन गर्दे प्रमुख अतिथी लामाले यस्तो बताएकी हुन् । पालिकाहरुबीच भगिनी सम्बन्ध कायम गर्दे पर्यटन प्रद्र्धनका लागि एकजुट हुन आवश्यक रहेको बताउँदै सबै पालिकाहरुसंग हेटौंडा सहकार्य गर्न तयार रहेको बताइन् । लामाले हेटौंडामा भएको थाहा फोटो प्रर्दशनीले थाहामा पर्यटकहरुको संख्यामा बृद्धि गर्नेमा आफु विश्वस्त रहेको बताईन् । यस्ताखाले प्रर्दशनीले नेपाली पर्यटन क्षेत्रलाई प्रचारप्रसार गर्न सहयोग गर्ने उनको भनाई रहेको थियो ।

नेपालकै चर्चित पर्यटकीय क्षेत्रको रुपमा रहेको थाहा नगरपालिकाको ऐतिहाँसिक तथा पर्यटकीय क्षेत्रलाई उजागर गर्ने उदेश्यको साथ सुरु भएको प्रर्दशनीमा ६५ वटा फोटोहरु प्रर्दशनमा राखिएको छ । प्रदर्शनीमा नेपाल पत्रकार महासंघ बागमती प्रदेशका पूर्व अध्यक्ष प्रताप विष्टले थाहा नगरपालिकाले थाहाको पर्यटन प्रवद्र्धनमा फोटो प्रदर्शनीले सहयोग पुग्ने विश्वास व्यक्त गरे । कार्यक्रममा संस्कृति पर्यटन तथा सहकारी मन्त्रालय बागमती प्रदेशका उत्तम चापागाइले थाहा नगरपालिकाको फोटो प्रदर्शनीले बागमती प्रदशेले थालेको पर्यटन वर्षलाई समेत मद्दत पुगेको बताए । उनले बागमती प्रदेश सरकारले फोटो संग्राहलय बताउन लागेको बताउँदै यस खाले प्रदर्शनीले सो कार्यका लागि थप सहयोग हुने बताए । उनले यस किसिमको कार्यक्रमको लागि सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।

थाहा नगरपालिकाको आयोजना तथा फरक सोच अभियान, शिखर क्लबको संयोजनमा भएको प्रर्दशनीलाई राष्ट्रिय फोटो पत्रकार समूह, मकवानपुर, नेपाल पत्रकार महासंघ मकवानपुर, हेटौँडा उपमहानगरपालिका लगाएतको संघसस्थाको सहयोग रहेको छ । प्रर्दशनीमा थाहाको पर्यटकीय क्षेत्रको तस्बिरको साथै थाहा क्षेत्रमा रहेको सांस्कृतिक, धार्मिक पक्षहरु समेटिएको तस्बिरहरु राखिएको छ । बागमती प्रदेश सरकारले सन् २०२४ लाई पर्यटन वर्ष घोषणा गरेको ४ दिनपछि सुरु भएको प्रर्दशनीले प्रदेशको पर्यटनलाई टेवा पुर्याउने फरक सोचका यादबजंग राजमाझीले बताए ।

थाहा नगरपालिका वडा नम्ब। ३ का वडाध्यक्ष हिरेन्द्र कुमार रायमाझीको सभाध्यक्षतामा प्रदर्शनीमा गणेश विष्ट, श्रीकृष्ण श्रेष्ठ, कृष्ण अधिकारी, रामकुमार कार्कीलगायतले खिचेको तस्वीरहर प्रदर्शनीमा राखिएको छ । पहिलो दिन वुद्ध चोकमा भएको फोटो प्रदर्शनीमा ५ हजार बढिले अवलोकन गरेका थिए भने दोसा्रे दिनको प्रदर्शनी पल्पसा सभाहलको प्राङ्गणमा हुने फरक सोचले जनाएको छ ।

फोटोहरुः गणेश विष्ट

 

पालिका प्रेस
थप जानकारी